बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले हत्या गरी फरार भएका व्यक्तिलाई १८ वर्षपछि भारतबाट पक्राउ गरेको छ ।
खटिकलाई सोमबार बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए।
खटिकले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका-३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
सो मुद्दामा बर्दिया जिल्ला अदालतले २०६८ जेठ १० गते २० वर्ष कैद सजाय तोकेको थियो । यसमा संलग्न अरूले कैद सजाय काटे पनि मुख्य व्यक्ति खटिक भने फरार रहेका थिए।
कार्यालयले उनलाई बर्दियाबाट पक्राउ गरेको बताए पनि उनी भारतको रुपैडियाबाट पक्राउ परेको एसपी कार्की बताउछन्।
खटिकले क्षेत्रीको हत्या गरेपछि परिवारसहित नै भारतमा भागेर त्यहाँ मजदुरी, खेती किसानी गरेर घर नै बनाएर बसेको रहेछ,’ एसपी कार्कीले भने, ‘९ वर्षदेखि रुपैडियाको मोहनपुरमा परिवारसहित नै बस्दै गरेको रहेछ।’
उनलाई जिल्ला अदालत बर्दियाको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाइएको एसपी कार्कीले बताए ।