Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार बन्छ : प्रकाशमान सिंह

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार जरुरी भइसकेको बताएका छन् ।

आज चितवन पुगेका नेता सिंहले सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्वत तरिकाले निकास दिनु पर्ने बताएका छन् ।

उनले भने ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पूरा गरेको र अहिले पनि पूरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको भनाइ छ ।

कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण ?  भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन् । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौं ।’ कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077