Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएल : बेङ्ग्लोरसँग हैदराबाद ६ रनले पराजित

    आईपीएल : बेङ्ग्लोरसँग हैदराबाद ६ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.6K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।

    भारतको चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित निकालेको हो । बेङ्ग्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।



    जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार