Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीले देखाएको नांगो नृत्य कसैले सहेर नबस्ने नेपालको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष कप श्रम ओलीले नेपाली इतिहासबाट माफी माग्नु पर्ने बताएका छन्।

एक कार्यक्रममा बोल्दै नेता नेपालले आफुलाई पार्टी अध्यक्ष ओलीले माफी दिने भनेकामा आपत्ति जनाउदै भने केपी ओली को हो मलाई माफी दिने रु उल्टो उनले इतिहाससँग माफी माग्नुपर्ने बताएका हुन्।

म एउटा मान्यतामा विश्वास गर्छु । नबिराउनु, नडराउनु । मैले पार्टीको हितबाहेक अरु अहित चिताउने कुरै आउँदैन् ।

अध्यक्ष ओलीले विधान विपरित मनपरी रुपमा केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै नेता नेपालले एमाले कसैको निजी पेवा नभएर एमालेको विउ रोप्ने काम आफूहरुले गरेको दाबी गरे

ओलीले देखाएको नांगो नृत्य कसैले सहेर नबस्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले आफूभन्दा १४ वर्षपछि ओली पोलिब्युरो बनेको भन्दै फूर्ती नलगाउन चेतावनी दिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077