Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने बताएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । सरकारले १४ जिल्लालाई कोरोना अति प्रभावित घोषणा गरेको छ । सबैभन्दा बढी जोखिममा काठमाडौँ रहेको छ ।

भारतमा संक्रमण बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । कोरोनाको दोस्रो लहर शुरु भएपछि सर्वसाधारणमा त्रास बढेको छ । सरकारले गर्ने रोकथाम तथा उपचारको प्रयास प्रभावकारी देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077