प्रधानमन्त्रीलाई टक्कर दिँदै सभामुखले भने – जोखिम मोल्छु तर दबाबमा कुनै निर्णय हुन्न

प्रधानमन्त्रीलाई टक्कर दिँदै सभामुखले भने – जोखिम मोल्छु तर दबाबमा कुनै निर्णय हुन्न

अनलाइन नेपाल
  • आइतबार, बैशाख ५ २०७८

  • 2.8K
    SHARES

  • प्रधानमन्त्रीलाई टक्कर दिँदै सभामुखले भने – जोखिम मोल्छु तर दबाबमा कुनै निर्णय हुन्न

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा टक्कर दिँदै कसैको दबाबमा कुनै निर्णय नगर्ने बताएका छन्।

    आज नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोस पोखिरहेको यस्तो बताएका हुन् ।

    सभामुखको सपथ खाएको स्मरण गर्दै आफ्नो आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने प्रस्ट पारे।

    ‘म कसैको दबाबमा परेर कुनै निर्णय गर्दिन बरु जस्तोसुकै जोखिम मोल्न तयार छु।  तर, दबाबमा निर्णय हुँदैन,’ सभामुख सापकोटाले भने।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार