Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिन थालेपछि सरकारले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

अहिले शुरुमा भने कोभिड-१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि  विद्यालय बन्द गराउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो भने दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)ले तत्काल शैक्षिक संस्था बन्द गर्न सुझाव दिएका थिए ।

कोभिड-१९ को दोश्रो भेरियन्ट भाइरस संक्रमण फैलने खतरा रहेको भन्दै सरकारले अन्य क्षेत्रमासमेत मापदण्ड तोक्ने तयारी गरेको छ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सहभागी भएका काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरुले विद्यार्थीहरुमा संक्रमण फैलिन थालेकाले तत्काल उपत्यकाका सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका थिए ।

सरकारले यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077