Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद् अधिवेशन अन्त्यपछि माओवादीको स्थायी कमिटी बैठक पनि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी  केन्द्रको  स्थायी समितिको बैठक स्थगित भएको छ।

नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तय भएको बैठक स्थगित भएको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

आज सरकारले एक्कासी संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्नका लागि बैठक स्थगित गरेको हो।

पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ ।

यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077