Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शौचालयमा झुण्डिएर कैदीद्वारा कारागार भित्रै आत्महत्या

पाल्पा। जिल्लाको कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङ रहेका छन्।

उनले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् ।

चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङ्जा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077