Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी अस्पतालमा दिशा गराउन लगाएर पेटभित्रबाट यसरी निकालियो ९० लाखको खैरो हेरोइन

काठमाडौं। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेसँगै लागूऔषध कारोबारमा अन्तराष्ट्रिय गिरोह सक्रिय रहेको खुलेको छ। व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाको साथबाट खैरो हेरोइन बरामद गरेको हो । व्युरोले होनीमाय तामाङ्नी र वयसबहादुर गुरुङलाई पनि पक्राउ गरेको छ ।

खैरो हेरोइनका क्याप्सुलहरु निलेर पेटमा लुकाई–छिपाई ल्याएको सूचनाको आधारमा विमानस्थलबाट चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दावा लामा यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्युरोले जनाएको छ ।

३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि प्रहरीहरु नै अचम्मित बनेका थिए। त्यसपछि दावालाई नेपाल प्रहरी अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको र त्यसलाई दिसा गराउन लगाइ निकालिएको थियो।

लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए ।

पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले  लामालाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो।

काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्किएका लामाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077