Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

योगेश र रामकुमारीले टेरेरन् ओलीलाई, बुझाएनन् स्पष्टिकरण

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता योगेशकुमार भट्टराई र रामकुमारी झाँक्रीसहित ५ जनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण नबुझाएका छन् । स्पष्टीकरण नबुझाउनेमा भट्टराई, झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्ट रहेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा भट्टराई र झाँक्रीसहित पाँच नेताले स्पष्टीकरण नबुझाएको जानकारी दिइएको हो । यसअघि गत वैशाख ६ गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकले माधव–झलनाथ समूहका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिनभित्र र अरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।एमाले संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईका अनुसार स्पष्टीकरण नबुझाए कारवाही प्रक्रिया अघि बढ्ने छ।

आजको बैठकमा अध्यक्ष ओलीले आफूले सोधेको स्पष्टीकरणको जवाफमा धेरैको जवाफ नरम रहेको बताएका छन् ।

स्पष्टिकरणको जवाफ दिँदै सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले भने मूलधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् भने सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम रुपमा जवाफ फर्काएको पनि ओलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077