Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा नक्कली नोटसहित कारोबारी पक्राउ

काठमाडौं । महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ ।

ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा नं १ ईमाडोल स्थितमा ग्वार्खो तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला जिल्ला सार्केटार गाँउपालिका ७ जैर घर भई हाल काठमाण्डौ जिल्लाको माछापोखरी बस्ने बर्ष १९ को मुन बहादुर रावतलाई शंका लागी शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भेटिएको हो ।

रावतको साथबाट १,०००/-को दरको नक्कली जस्तो देखिने नोट ५-थान जम्मा रु.५,०००/-(पाँच हजार) सक्कली नोट जस्तो देखिने जम्मा रु.५,५००/- समेत बरामद भएको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध मुद्रा सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077