Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौँमा कोरोनाले बजायो खतराको घण्टी, एकैदिन १५ सय ६ संक्रमित

    काठमाडौँमा कोरोनाले बजायो खतराको घण्टी, एकैदिन १५ सय ६ संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रमअझै जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ३ हजार ५ सय भन्दा माथि रहेको छ।

    कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ४०० जनामा पीसीआर परीक्षण र ८९३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३४४२ र ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार १५६१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    त्यस्तै, काठमाडौँ कोरोनाको  हटस्पट बनेको छ। एकैदिन काठमाडौँमा १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७७ हजार ९५१ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १७६  पुगेको छ ।

    हिजो नेपालमा ३१२ जना थपिएका थिए भने २८ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार