Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमण रोक्ने उपाय अपनाउन सरकारलाई देउवाको आग्रह

    कोरोना संक्रमण रोक्ने उपाय अपनाउन सरकारलाई देउवाको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारसँग  माग गरेका छन्। सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने गरी अघि बढ्न सरकारसँग माग गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संक्रमणको दर तिब्र गतिमा बढेको र स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएकोप्रति सरकारलाई सचेत गराउँदै संक्रमण रोक्ने विषयमा ध्यान दिन भनेका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।



     



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार