Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले बोलायो स्थायी समिति बैठक, एजेण्डा के ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बोलाइएको स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।

सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख नगरिएको भएपनि बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको आगामी योजनाबारे छलफल हुने बताईएको छ।

यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने उनको भनाइ छ।

पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । यसअघि बसेको बैठकले समर्थन फिर्ताको जिम्मा लिन अध्यक्ष प्रचण्डलाई दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077