Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ आज बैशाख १५ गते बुधबारको राशिफल

    यस्तो छ आज बैशाख १५ गते बुधबारको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 1.5K
    SHARES

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो 
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।



    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा 
    आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।



    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
    मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतस् धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
    आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो 
    आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते 
    मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु 
    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे 
    आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा 
    महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि 
    आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 
    घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ । (ज्यो० प०  नारायणप्रसाद दुलाल)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार