Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेल्सी र रियल मड्रिडबीचको खेल बराबरी

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड इंग्लिस क्लब चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको १४औँ मिनेटमा क्रिष्टियन पुलिसिकको गोलबाट चेल्सीले अग्रता लियो । खेलको २९औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल गरे ।

त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । खेल बराबरीमा सकियो । दोस्रो लिग चेल्सीको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077