Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवनमा कोरोना संक्रमितको सङ्ख्या ५०० नाघ्यो, लकडाउनको तयारी

    चितवनमा कोरोना संक्रमितको सङ्ख्या ५०० नाघ्यो, लकडाउनको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    चितवन। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालका जिल्लाहरुमा पनि परेको छ।

    यसैबीच, चितवन जिल्लामा पनि कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । आज बिहान जिल्लाभर सक्रिय संक्रमितको संख्या ५७९ पुगेको हो ।



    आज बिहान थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ५७९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी)ले  जानकारी दिएको छ।



    यस्तै, जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेसँगै निषेधाज्ञा गर्ने बारे छलफल हुने भएको छ । निषेधाज्ञा के गर्ने भन्ने बिषयमा छलफलका लागि आज बिहान ११ बजे डीसिसिएमसीको बैठक बस्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार बैठकले निषेधाज्ञाको बिषयमा निर्णय गर्ने छ।

    यसअघि चितवन प्रशासनले तत्काल निषेधाज्ञा नगर्ने जनाएको थियो । तर संक्रमण फैलिदै गएपछि निषेधाज्ञा गर्ने बिषयमा छलफल हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार