Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गण्डकीका ३ सांसदलाई कोरोना, अविश्वास प्रस्तावमा मतदान भने गर्न पाउने

कास्की । गण्डकी प्रदेशका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएकोमा आज उनीहरु मध्ये चार जनामा कोरोना पुष्टि भएको हो।

सभामुख नेत्रनाथ अधिकारीले ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै प्रदेश सभाको बैठक भने प्रभावित नहुने जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक निर्धारित समयमै सुरु हुन्छ,कोरोना देखिँदैमा संसदको कार्यसूची तलमाथि हुँदैन।

यस्तै, आज गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूचि छ । बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्ताव १३ गते सदनमा पेस भएको थियो । पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । तर, प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था भने मिलाउने जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा आजदेखि लागु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077