Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

'अविश्वासको प्रस्ताव फाटेको धोतीजस्तो हो, जुनसुकै बेला च्यातिन सक्छ'

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याउन लागिएको अविश्वासको प्रस्ताव लाई प्रदेशका जनताले दिएको अभिमतको विरुद्धमा भएको बताएका छन्।

आज प्रदेशसभाको बैठकमा बोल्दै सांसद थापाले प्रदेशको सबैभन्दा ठूलो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु जनताले दिएको अभिमतको दुरुपयोग गर्नु र सत्तामोह भएको बताए ।

प्रदेशका जनताप्रति उत्तरदायी हुने हो भने यो अविश्वासका प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै सांसद थापाले अविश्वास प्रस्ताव गण्डकी प्रदेशका जनताले दिएको मतको विरुद्धमा रहेको दोहोर्याए।

'जुन गठबन्धनअनुसार अन्य दलहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दैछन् त्यो गठबन्धन फाटेको धोतीजस्तो हो, जुनसुकै बेला च्यातिन सक्छ,' उनले भने। यदि अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार बने पनि धेरै समय नटिक्ने दाबी गर्दै थापाले भने ‘त्यो दुर्घटना घटिहाल्यो भने पनि यो त्यति धेरै लामो समय जाँदैन ।’

यस्तै, गण्डकी प्रदेशसभा सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरुभइसकेको छ भने सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077