Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसदले मोबाइल स्वीच अफ गरेपछि खैलाबैला

कास्की। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्य जारि रहेको छ। तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको छ।

मतदान गर्ने समयसम्म पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा नदेखिएपछि सभामा खैलाबैला मच्चिएको हो। माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाका अनुसार हिजोको बैठकमा पनि शाही उपस्थित भएका थिएनन्। उनको मोबाइल स्वीच भएको बताईएको छ।

मुख्यमन्त्री गुरुङविरुद्द अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् भने जसपाका २ जना रहेका छन् ।

त्यस्तै, प्रदेशसभाका स्वतन्त्र संसद राजीव गुरुङ दीपक मनाङे पनि अनुपस्थित रहेका छन्। मतदानको अन्तिम समयसम्म पनि शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077