Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित, पियारीले भनिन् -शाहीलाई सार्वजनिक गर्नु

कास्की । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला समेत मच्चिएको थियो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्द अविश्वासको मतदान गर्ने समयसम्म पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा नदेखिएपछि सभामा खैलाबैला मच्चिएको हो। उनको खोजी गर्दा फोन समेत नलागेपछि शाहीको खोजी गर्न माग गर्दै राजमो संसदीय दलकी सचेतक पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराए एमालेको आरोप छ ।

सचेतक पियारीले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिएसँगै अनिश्चितकालका लागि बैठक स्थगित भएको हो।

तर, दुई सांसद ( शाही र दिपक मनाङ्गे) को अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077