Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुद्दा फिर्ताले मात्रै पुग्दैन, ओलीलाई साथ दिन संविधान नै संशोधन हुनुपर्छ : महतो

काठमाडौँ । प्रतिनिधिसभामा चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठबन्धनमा निर्णायक भूमिकामा रहेको छ। जसपाले सत्ता साझेदारी र गठबन्धनका निमित्त आफ्ना मागहरु लिएर सत्तापक्ष र प्रतिपक्षहरुसँग निरन्तर छलफल गर्दै आएको छ।

जसले आफुहरुको माग सम्बोधन गर्छ उसैलाई साथ दिने भन्दै अभियक्ति दिँदै आएको जसपा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको बुझिन्छ। सरकारले जसपाको माग सम्बोधन गर्दै १२० जनाको मुद्दा फिर्ता गर्ने निर्णय गरेपश्चात् पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूका राजनीतिक मुद्दाको सम्बोधन भए सत्ता गठबन्धनको ढोका खुल्ने बताएका छन्।

आज बिहान एक अनलाइनसँग कुरा गर्दै जसपा वरिष्ठ नेता महतोले मुद्दा फिर्ता लिनु सकारात्मक भए पनि सत्ता गठबन्धनका लागि संविधान संशोधन प्रक्रिया अघि बढ्नु पर्ने बताए।

'पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनु सकारात्मक संकेत हो तर हाम्रा राजनीतिक मुद्दा बाँकी नै छन् । संविधान संशोधन, नागरिकता विधेयकलगायत हाम्रा एजेन्डा सम्बोधन हुनुपर्छ, महतोले भने, 'संविधान संशोधनका लागि कार्यदल बनेर गृहकार्य हुनुपर्छ।'

उनले सरकारले राजनीतिक मुद्दाहरू सम्बोधनका लागि प्रक्रिया अघि बढाए यसबारे पार्टीमा समेत छलफल गर्न सकिने भन्दै अब सरकार पक्षसँग यही विषयमा छलफल हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077