Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब श्रमिकहरूको न्यूनतम् पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याइने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलेले आगामी आर्थिक वर्ष २०७८र७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्।

हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।

यस वर्ष पनि श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन नसकेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077