Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ला लिगा : रियल र एट्लेटिकको जित, उपाधि यात्रामा रोचकता

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले उत्कृष्ट जित हाँसिल गरेको छ ।

शनिबार राती रियलको घरेलु मैदानमा.भएको खेलमा घरेलु टोली म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट जित हाँसिल गरेको हो।

रियलको जितमा इडेर मिलिटाओ र कासिमिरोले समान एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको घरेलु टोली रियलले दोस्रो हाफको ७६ औं मिनेटमा मिलिटाओको गोलबाट अग्रता बनायो । त्यसपछि खेलको ८० औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । पराजित ओसासुना ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै, शनिबार राती नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले पनि जित हाँसिल गरेको छ। एट्लेटिकोले इल्चेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो स्थानको रियल र पहिलो स्थानको एट्लेटिक दुवैको जितपछि उपाधि यात्रा रोमान्चक मोडमा पुगेको छ। एक खेल बढी खेलेको एट्लेटिकोको ७६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077