Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतमा व्यापारीहरुले घर-घरमा अक्सिजन पुर्याउँदा नेपालका धनाढ्यहरु कहाँ लुकेका छन् ?

एजेन्सी। नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहरले भारतमा सबै क्षेत्रलाई नराम्ररी गाँज्न थालेपछि त्यहाँका ठुला व्यापारीहरू यस विरुद्धको युद्धमा लागिपरेका छन्। दिनहुँ अक्सिजनको अभावले ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु हुन थालेपछि त्यसको आपूर्तिमा ठुला व्यापारीहरू लागिपरेका हुन् ।

विश्व कै दशौँ धनी मुकेश अम्बानी, बलिउडदेखि हलिउडसम्म राज गरेकी नायिका प्रियंका चोपडालगायत चर्चित कम्पनी महिन्द्रा एण्ड महिन्द्राले समेत अक्सिजन आपूर्तिमा काम गर्न थालेको छ । अक्सिजनको अभावबाट देशलाई बचाउन इस्पात र पेट्रोलियम कम्पनीहरूले अक्सिजनको उत्पादन गरिरहेका छन् । कतिपयले कम्पनीहरूले कोभिड भने अस्पताल नै बनाएका छन्।

यस क्रममा आफूलाई जोड्दै महिन्द्रा एण्ड महिन्द्राले 'अक्सिजन अन व्हील' पहल सुरु गरेको छ। महिन्द्रा समूहका प्रमुख आनन्द महिन्द्राले ट्विट गर्दै यस्तो पहलको बारेमा जानकारी दिएका हुन् । उनले भनेका छन्, 'मुलुकमा हुने मृत्युको सङ्ख्या घटाउन आज अक्सिजनको खाँचो छ। समस्या अक्सिजनको उत्पादनको होइन, तर निर्माण स्थलबाट अस्पताल र घरहरूसम्म यसको ढुवानिको हो।'

तर, कोरोना भाइरसको महामारीसँग संघर्ष गरिहेको नेपालका ठुला व्यापारीहरु भने गुप्तबास बसेका छन् । कुनै कुनै बेला मात्र मिडियामा आउन चाहने व्यापारी अर्थात् देशकै धनाढ्य बिनोद चौधरीलगायत थुप्रै ब्यापारीहरु चुपचाप बसेर महामारीको बेला रमिता हेरेको देखिन्छ ।

राज्यको पहलमा मात्र महामारीको अन्त्य नहुने भन्दै भारतीय धनाढ्यहरुले गरेको उक्त कार्य कुन कुनामा बसेर हेर्दै होलान् नेपालका धनाढ्यहरु ? । देशका अस्पतालमा अक्सिजनको चरम अभाव र अस्पतालमा बिरामीको बेड अपुग भएको समाचार दिनहुँ हेर्दै बसेका नेपाली धनाढ्यहरुले छिमेकी देशका सहपाठीहरुमार्फत् केही सिकेर यस महामारीमा राज्यको साथ दिनु अहिलेको आवश्यकता रहेको छ ।

सरकारले समेत यस महामारीबाट पन्छिन खोज्दै हात झिक्न लागेको बेला देशका ठुला व्यापारीहरुले दुखदको बेला केही गर्ने पो हो की ?  आफ्नो ब्राण्ड र व्यापारलाई जनतासामु पुर्याउन जस्तोसुकै स्थितिको सामना गर्ने व्यापारीहरु देश रोइरहेको बेला कसरी गुप्तबास बस्न सकेका होलान् ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077