Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उपत्यकामा एकै दिन ३,५९५ जनामा संक्रमण पुष्टि, दोस्रो भारत बन्न सक्ने खतरा !

    उपत्यकामा एकै दिन ३,५९५ जनामा संक्रमण पुष्टि, दोस्रो भारत बन्न सक्ने खतरा !

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

    तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ७ हजार भन्दा माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो। भने उपत्यकामा थपिएका संक्रमितको संख्या सम्मकै धेरै रहेको छ।



    यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यस्तै, आज पछिल्लो २४ घण्टामा थप ७ हजार २११  जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १४७  जनामा पीसीआर परीक्षण र ६२३  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७१३७ र ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ०३०  पुगेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय उपत्यकालगायत देशभर थपिएका संक्रमितहरुको संख्याको दर हेर्ने हो भने केही समयपश्चात् नेपाल पनि दोस्रो भारत बन्न सक्ने खतरा देखिन्छ। छिमेकी मुलुक भारतमा आज मात्रै लगभग ४ लाख जना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार