Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने तयारी

    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यकाका जिल्लाहरु(काठमाडौँ, भक्तपुर र ललितपुरका) प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

    आज बस्ने बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बुझिएको छ।



    परिवर्तनका मोडालिटीमा गत जेठ १४ गतदेखि बन्द गरिएको किराना पसल, डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने र सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ ।



    यसअघि जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ भने बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

    काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था आएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार