Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृह मन्त्रालयले पठायो जाजरकोट र अछाममा नयाँ सीडीओ

    गृह मन्त्रालयले पठायो जाजरकोट र अछाममा नयाँ सीडीओ

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 951
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ।

    मन्त्रालयले जाजरकोटमा उपसचिव सुरेश सुनार र अछाममा उपसचिव शरदकुमार पोखरेल सीडीओको जिम्मेवारी तोकेको हो ।



    सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए । बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भैसकेको अनुभव उनीसँग छ । यसअघि जाजरकोटमा सीडीओको पद रिक्त थियो ।



    आछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेका थिए ।

    पोखरेललाई मुगु र दार्चुलाको सीडीओ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भैसकेका छन् ।

    उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार