Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 411
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनको स्वीकृति दिएका हुन् ।



    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १५ गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’



    नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार