Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजार्चना

    राष्ट्रपति पौडेलले गरे सपनतीर्थमा पूजार्चना

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 177
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् ।

    राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् ।



    राष्ट्रपति पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।



    आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् ।

    सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार