Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ पुगे राष्ट्रपति पौडेल

    गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ पुगे राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 210
    SHARES

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनमा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् ।

    राष्ट्रपति पौडेलले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ।



    राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने छन् ।  खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने बताईएको छ ।



    व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

    पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरू भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार