Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृह मन्त्रालयले गर्‍यो १२ सिडिओको सरुवा, को कहाँ पुगे ?

    गृह मन्त्रालयले गर्‍यो १२ सिडिओको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

    गृह मन्त्रालयले अवधि पुगेकालाई सुगम र दुर्गममा मिलाएर सीडीओहरूको सरुवा र पदस्थापन गरेको हो ।  गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सिडिओ बनाइएको छ।



    त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सिडिओ बनाइएको छ। कञ्चनपुरका सिडिओ गोपालप्रसाद अर्याललाई डोटीमा सरुवा गरिएको छ। मकवानपुरका सिडिओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सिडिओको जिम्मेवारी दिएको छ।



    सिरहाका सिडिओ भोजराज खतिवडालाई खोटाङ पुगेका छन्। त्यस्तै डोटीकी सिडिओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

    त्यस्तै खोटाङका सिडिओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। रोल्पाका सिडिओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

    त्यस्तै कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सिडिओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ।

    जाजरकोटका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सिडिओ बनाइएको छ। काभ्रेको सहायक सिडिओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।

    त्यस्तै काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार