Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गोरखा हाजिर हुन हिँडेका सीडीओको सरुवा रद्ध

    गोरखा हाजिर हुन हिँडेका सीडीओको सरुवा रद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 612
    SHARES

    काठमाडौं । गोरखा हाजिर हुन हिँडेका सीडीओको सरुवा रद्द भएको छ । गोरखा हाजिर हुन हिँडेका प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारीको सरुवा रद्द भएको हो ।

    गृह मन्त्रालयले माघ ६ गते ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने क्रममा कवारीको पनि सरुवा गरिएको थियो ।



    सरुवा सूची अनुसार कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो ।



    त्यसपछि मात्र उनले थाहा पाए कि गोरखा सरुवा रद्द भएको छ । गोरखाबाट सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर काम थालिसकेका छन् ।

    गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले तत्काललाई गोरखामा अर्को प्रजिअ पठाउने निर्णय भइनसकेको जानकारी दिए । त्यसो त कबारी आँफैमा बिबादास्पद व्यक्ति हुन।

    सिरहामा उनको घुस्याहा कार्यशैलीको चर्को बिरोध हुँदैआएको थियो । यस्ता विवादास्पद छविका कवारीलाई कारबाही गर्नुको साटो गृहमन्त्री रबी लामिछानेको कार्यकालमा परस्कृत गर्ने काम गरेर प्रधानमन्त्रीकै जिल्लामा पठाइएको छ ।

    कम्पनी रजिष्टार कार्यालयमा कार्यरत रहँदा चितवन मेडिकल कलेजको स्वामित्व विवादमा एक पक्षसँग ठूलो रकम लिई अर्को पक्षलाई दुःख दिएको भेद खुलेपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    विशेषले उनलाई कैद संजाय तोके पनि सर्वोच्चमा पुनरावेदन गरी उनले सफाइ पाएका थिए । मुद्दा लड्दा धेरै रकम खर्च भएकाले त्यो असुली गर्न उनले सिरहामा जे जे हर्कत देखाए, गोरखमा देखाउने खतरा थियो।

    सुशासनको रटान गर्ने प्रधानमन्त्री प्रचण्डकै गृहजिल्लामा विवादित छविका कवारी कसरी सरुवा  भए ? आश्चर्यको बिषय बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार