Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गोरखाको वीरेन्द्र ताल फुट्यो, तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

    गोरखाको वीरेन्द्र ताल फुट्यो, तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 861
    SHARES

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।

    मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो ।



    तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।



    बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

    सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो ।

    बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार