Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • घरमा आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु

    घरमा आगलागी हुँदा जलेर आमा-छोराको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ। धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो।

    ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।



    घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार