Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अर्काको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ

    अर्काको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 741
    SHARES

    संकेतिक तस्विर

    गोरखा । अर्काको नाममा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन्।

    तनहुँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका पूर्ण थापा मगरलाई प्रहरीले पक्राउ गरिएको हो ।



    सुरेश थापा मगरको नाममा सहीछापसमेत किर्ते गरी प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ ।



    उनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी इप्रका आँबुखैरेनीमा राखेर अनुसन्धान भइरहेको छ।

    लाइसेन्सका लागि यातयात व्यवस्था कार्यालय, बन्दिपुर गाउँपालिका-४ विमलनगरमा ट्रायल परीक्षा भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार