Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेभित्र गुट बनाउने छुट कसैलाई छैन : अध्यक्ष ओली

    एमालेभित्र गुट बनाउने छुट कसैलाई छैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 264
    SHARES

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

    एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित रहेको बताए ।



    बिगतमा केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट रहेको उनले बताए ।

    अध्यक्ष ओलीले भने,’एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’

    पार्टीभित्र गुट बनाएर कसैलाई फाइदा नहुने अध्यक्ष ओलीको भनाई छ ।

    उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार