Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृह मन्त्रालयले गर्‍यो पाँच सीडीओको सरुवा, को कहाँ पुगे ?

    गृह मन्त्रालयले गर्‍यो पाँच सीडीओको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँच जना सीडीओको सरुवा गरेका हुन् ।



    दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।



    इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार