Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको सम्बोधन : धैर्य गरौं, संयमता अपनाऔँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहरको महामारीमा सबैलाई धैर्य गर्न आग्रह गरेका छन्।

पछिल्लो समय बढ्दै गएको कोरोना महामारीको सम्बन्धमा आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीले सबैलाई हानी पुर्याउने भन्दै संयमता अपनाउन आग्रह गरेका हुन्।

गत बर्ष भन्दा यो बर्ष कोरोना थप घातक हुँदै गएको भन्दै प्रधानमन्त्री ओलीले यस महामारीको बेला फ्रन्ट लाइनमा खटिने चिकित्सक, प्रहरी, सेना र चालकहरुलाई मुक्तकण्ठले प्रशंसा गर्दै उल्लेखनीय भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।

दक्षिण एसियामा भारतपछि नेपालमा कोरोनाको खोप सुरु भएको भन्दै छिट्टै आमनेपाली जनतासामु निशुल्क खोप पुर्याउने सरकारको तयारी रहेको र यसमा सबैले साथ र सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, 'देशमा रहेका ठुला निजी अस्पतालहरूलाई कोरोना अस्पताल बनाईने छ, अक्सिजन प्लान निर्माण गरिने छ, कोभिडको उपचारमा प्रयोग हुने औषधीलाई मौजातका रुपमा राखिने छ।'

त्यस्तै, सरकारले फ्रन्टलाईनमा खटिने सबै सुरक्षा निकायलाई ५० प्रतिशत भत्ता, परिवारको उपचार खर्च र बीमाको व्यवस्था समेत गरिएको भन्दै स्वास्थ्यमाप दण्ड पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077