Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै, सहमति जुटाउने प्रयास जारी

गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै, सहमति जुटाउने प्रयास जारी

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज पुनः वार्ता हुने भएको छ ।

आइतबार दिनभर भएको छलफल निष्कर्षविहीन भएपछि दुवै पक्ष सहमतिको प्रयासलाई निरन्तरता दिन सहमत भएका हुन् ।

डा. केसीका सहयोगी डा। अमृत जैसीका अनुसार वार्ता आज बिहान १० बजे बस्ने तय भएको छ। आइतबार भएको लामो छलफलमा डा। केसीले उठाएका मागहरूमा विस्तृत रूपमा संवाद भए पनि कुनै ठोस सहमति हुन सकेन।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि डा. केसी पक्षसँग लगातार संवाद गरेको थियो। आजको वार्ताबाट सहमतिको आधार तयार पार्ने अपेक्षा गरिएको छ।

डा। केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीको राजीनामा, चिकित्सा शिक्षामा छात्रवृत्ति कोटा वृद्धि, तथा चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित अन्य माग राख्दै बिहीबारदेखि धनगढीमा आमरण अनशन सुरु गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077