Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

    दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.7K
    SHARES

    दाङ । दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमवार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।



    सोमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाको पीसीआर परीक्षण गरिएकामा दुई सय एक जनामा पोजेटिभ देखिएको हो ।



    सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका बढी छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाको ज्यान गएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार