Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँबाट झापा ल्याइएका संक्रमितको मृत्यु

    काठमाडौँबाट झापा ल्याइएका संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3.2K
    SHARES

    झापा । उपचारका लागि ६ दिन अघि काठमाडौँबाट झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।

    काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ती बृद्धलाई उपचारका लागि यहाँ ल्याइएको थियो। वैशाख १५ गते हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो।



    सोमबार नै काठमाडौँबाट झापाका अर्का कोरोना संक्रमितलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको छ। काठमाडौँमा उपचारमा समस्या हुन थालेपछि संक्रमितलाई झापा ल्याउन थालिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार