Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अष्ट्रेलियाका राजदूत दाहाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दाहालको दुईवर्षे कार्यकाल रहँदै फिर्ता बोलाउने निर्णय गरेको हो।

सन् २०१९ मा नेपालका लागि अस्ट्रेलियाकी राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि शेर्पालाई फिर्ता बोलाएर तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'को सिफारिसमा दाहाललाई राजदूत बनाइएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध रहेका थिए ।

त्यस्तै, यसअघि सरकारले प्रचण्डनिकट लीलामणी पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी शर्मा ओली सरकारले माओवादी कोटाका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077