Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल प्रहरी अस्पतालमा दैनिक १४० वटा सिलिण्डर अक्सिजन उत्पादन गर्ने मेसिन संचालनमा

    नेपाल प्रहरी अस्पतालमा दैनिक १४० वटा सिलिण्डर अक्सिजन उत्पादन गर्ने मेसिन संचालनमा

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 5.1K
    SHARES

    काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ ।कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम युएनओपीसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा आएको हो ।

    आज प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले उक्त सिस्टमको निरीक्षण गर्नुका साथै यसले काम गर्ने पद्धतिबारे जानकारी लिए । आईजीपी क्षेत्रीले अस्पतालका अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्याउने युएनओपीसलाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे ।



    आईजीपी क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकिकृत प्रयास गरी काम गर्नुपर्ने बताउदै आईजीपी क्षेत्रीले चुनौतीपूर्ण अवस्थामा जोखिम मोल्दै अस्पतालले राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई ईमानदारी पूर्वक काम गर्न अस्पतालमा
    कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार