Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हङकङका दुई फाउन्डेसनको सहयोगमा ४५० थान सिलिन्डर नेपाल आइपुगे

    हङकङका दुई फाउन्डेसनको सहयोगमा ४५० थान सिलिन्डर नेपाल आइपुगे

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । हङकङबाट झण्डै १ करोड बराबरको अक्सिजन सिलिन्डर नेपाल आएको छ ।

    आज हङकङका दुई संस्थाले सहयोग स्वरुप दिएको (१ करोड बराबरको) ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको हो ।



    हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा उक्त संख्यामा अक्सिजन सिलिन्डर नेपाल पठाएको हो ।



    फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणको सिलिन्डर नेपाल पठाइएको बताए । गुरुङको उक्त सिलिन्डर चार प्रदेशका लागि पठाइएको हो ।


    जसमा गण्डकी प्रदेशका लागि १२५, कर्णाली प्रदेशका लागि १२५, सुदुरपश्चिम प्रदेशका लागि ११० र बागमती प्रदेशका लागि ९० थान सिलिन्डर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार