Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मन्त्री आलेको पोल खुल्यो, अनुदानको सिलिन्डर किनेको बिल नै नक्कली !

    मन्त्री आलेको पोल खुल्यो, अनुदानको सिलिन्डर किनेको बिल नै नक्कली !

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 17.9K
    SHARES

    काठमाडौं। ‘छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’  यो भनाइ अरु कसैको नभइ चिनियाँ अनुदानको अक्सिजन सिलिन्डरलाई स्टिकर टाँसेर बितरण गरेको आरोप लागेका वन तथा वातावरण मन्त्री प्रेम आलेको हो।

    तर,  मन्त्री प्रेम आले झुटो बोल्न खोज्दा नराम्रोसँग चिप्लिएका छन् । आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको चिनियाँ अनुदानकै अक्सिजन सिलिन्डरमा स्टिकर टाँसेको सार्वजनिक भएपछि हतारमा गल्ती ढाकछोप गर्न खोज्दा नराम्रोसँग फसेका हुन।



    किनकी, महामारीमा अक्सिजन सिलिन्डर  किन्दा भ्याट नै नलाग्ने सरकारी व्यवस्था  छ । मन्त्रीपरिषदको बैशाख १३ गतेको बैठकले महामारीबाट संक्रमित बिरामीहरुको उपचार व्यबस्थापनका लागि आबश्यक अक्सिजन सिलिन्डरलगायतका सामाग्रीहरुको पैठारीमा लाग्ने भन्सार महसुल, भ्याट, तथा अन्तशुल्क समेत छुट हुने निर्णय गरेको थियो।



    आलेले त भ्याट नै  तिरेको बिलल सार्वजनिक गरेका छन्। जुन सफेद झूट र नक्कली रहेको प्रस्ट देखिन्छ।  हतारमा नक्कली बिल बनाउँदा मन्त्री आले नराम्रोसँग चुकेका छन्। यता आलेको नक्कली काममा सेती प्रादेशिक अस्पताल पनि मुछिएको छ।

    सेती अस्पतालले अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन भन्दै बिध म्यानेजमेन्ट प्रालीलाई पत्राचार गरेको छ। तर, प्रश्न उठ्छ व्यक्तिगत खर्चमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री किनेको दाबी गरेका मन्त्री आलेले किन सेती प्रादेशिक अस्पतालमार्फत बिध म्यानेजमेन्ट प्रालीलाई पत्र लेखे त ?

    त्यसो त बिध म्यानेजमेन्ट प्राली आँफैमा बिबादास्पद कम्पनी हो। बिधका बिषयमा अबैध लगानीको समाचार बाहिर आइरहेको छ। शंकास्पद लगानीमा सञ्चालित बिधले नियमविपरीत पोखरामा प्रयोगशाला स्थापना गरेको भन्दै राष्ट्रिय प्रयोगशाला, टेकुले बन्द गराएको थियो।

    मन्त्री आलेले किनेको बिलमा किन भ्याट जोडिएको हो भनेर बिधमा सम्पर्क गर्न खोज्दा त्यहाँका कर्मचारीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन्।

    आलेले गृह जिल्लामा वितरण गरेका ७५ वटा सिलिन्डरमा स्टिकर टाँसेको सामाजिक सन्जालमा छताछुल्ल भएका थिए।  । ती मध्ये ६० वटा उनले बिध म्यानेजमेन्ट प्रालीबाट खरिद गरेको उल्लेख गरेका छन्। तर, उनको स्टिकर टाँसिएको निलो १५ वटा सिलिन्डर भने स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको खुलिसकेको छ। सार्वजनिक सञ्चार माध्यममा चौतर्फी विरोध भएपछि आलेले सबै सिलिन्डर आफ्नै खर्चमा किनेको भन्दै बिध म्यानेजमेन्टको बिल नै सार्वजनिक गरे ।

    सार्वजनिक बीलमा  ४० लिटरको ६० वटा सिलिन्डर किनेको देखिन्छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन विभागका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार निलो कलरको सबै सिलिन्डर विभागले नि:शुल्क उपलब्ध गराएहो। तर, आलेले भने ती सिलिन्डर खरिद नै गरेको दाबी गरेका छन् ।

    जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    आलेले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर , ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्रीहरु पुर्याएका थिए ।

    आलेले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्ममा आफ्नो तस्विर टाँसेका थिए । जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    अक्सिजनका सिलिन्डरमा समेत आलेको तस्विर छ । उक्त सिलिन्डर केहीदिन अघि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिएको थियो ।

    गत, वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेको थियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार