Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्याकर ट्रेडिङसहित ७ वटा संस्थाको पहलमा १० वटा अक्सिजन प्लान्ट निर्माण हुँदै

    स्याकर ट्रेडिङसहित ७ वटा संस्थाको पहलमा १० वटा अक्सिजन प्लान्ट निर्माण हुँदै

    एक हप्ताभित्र अक्सिजनको अभावमा कमी आउने दावी

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल ल्याइने भएको छ । अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन, क्रिएसन नेपाल, ह्युमानिटी फोउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रालिको संयुक्त सहकार्यमा र अन्य थुपै्र संघ संस्थाहरुको सहयोगमा १० वटा अक्सिजन जेनेरेटर युनिट –अक्सिजन प्लान्ट) स्थापना गर्न लागिएको हो ।

    अक्सिजन संकटको चुनौतिलाई सामना गर्दै नेपालमा अक्सिजनको अभाव हुन नदिन उक्त कदम चालिएको स्याकर टे«डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो । कोभिड–१९ को दोश्रो लहरले गर्दा अघिल्लो एक हप्ता मै १०१० जनाको ज्यान गएको छ । भाइरसको गम्भीरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन् । यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिण्डर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ ।



    अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनि नोभिएरलाई छनोट गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको नोभिएरले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउने लक्ष्य लिएको छ । प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ (६.८ क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर)



    नोभिएरको को ई.एन. प्रिमिएम आर.एक्ष. २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिने र जेनेरेटर सञ्चालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिने पनि विज्ञप्तिमा उल्लेख छ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ । अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड– १९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ ।

    अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ–संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरुले तत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन् । स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति भन्छन्–‘ज्योती ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी प्रालि, गर्व गर्छ कि हामी एस अक्सिजन फोर नेपालमा अरु एनजीओ र निजी कम्पनीसँग संलग्न भएर एस महामारीको बेलामा नेपाली जनतालाई राहत दिनको लागी १० वटा अक्सिजन प्लान्ट दिने भएका छौं । एस स्याकार ट्रेडिङ कम्पनी प्रालिको सिद्धान्तमा बसेर हामी हाम्रो समुदाय, समाज र राष्ट्रको लागि परिआएको बेला सधै सहयोग गर्न प्रतिबद्ध छौ ।’

    क्रिएसनका संस्थापक तथा अध्यक्ष, आनन्द मिश्रले भन्छन्–‘सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमूढ बस्नुभन्दा नीजि साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौ । सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सि–१९ आर ए टिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

    कुन संस्थाले के गर्दैछन् ?

    सहयोगी संस्थाहरुः
    यस परियोजनालाई सफल बनाउन कन्सोर्टियम सदस्यहरूका साथै निम्न संस्थाहरुले उल्लेखनीय सहयोग प्रदान गरेका छन् । द कोका कोला फाउण्डेसनले क्रियसन नेपाललाई एक अक्सिजन जेनरेटरको लागत सहयोग गरेको छ भने एसएनएस ग्रुप नेपालले कोषमा रकम संकलन, एयर कार्गोको व्यवस्थापन र अक्सिजन भर्ने सिस्टमका साथै एउटा अक्सिजन जेनरेटर उपलब्ध गराउनको लागि ह्युमानिटी फाउण्डेसन नेपालसँग निरन्तर रुपमा काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी बतास फाउण्डेसनलाई अटो वेज् प्रालि, केसी ग्रुप, क्वालिटी एग्रिगेट प्रालि, सेल्सबेरि प्रालि, सुपर माडी हाइड्रोपावर प्रालि, एनि इन्कर्पोरेटेड प्रालि जस्ता संघ–संस्था तथा व्यक्तिगत दाताहरूले सहयोग पु¥याएका छन् । अमेरिका नेपाल मेडिकल फाउण्डेसनलाई नेपाली डाक्टरस एसोसिएसन अफ द युनाइटेड किङ्गडम, हेल्थ एक्सचेन्ज नेपाल र नेपाली मेडिकल डायस्पोराको गठबन्धन गर्ने अन्य संस्थाहरूले सहयोग पु¥याएका छन् । त्यसैगरी अमेरिका नेपाल मेडिकल फाउण्डेसनलाई यस मिशनमा फेयरफ्याक्स, भर्जिनियाका नेपाली अमेरिकन कम्युनिटी सेन्टर र निको फाउण्डेसनले समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार