Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • निवर्तमान मन्त्री आले भन्छन् – मैले कुनै पत्रकारलाई धम्की दिएको छैन

    निवर्तमान मन्त्री आले भन्छन् – मैले कुनै पत्रकारलाई धम्की दिएको छैन

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    आज मन्त्री आलेले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।



    राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।



    ‘विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु,’उनले विज्ञप्तिमा भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार