Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्न – प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, भुटानी शरणार्थीको फिल्म खै ?

    प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्न – प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, भुटानी शरणार्थीको फिल्म खै ?

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरेका छन् ।

    आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गरेको फिल्म कहिले लाग्ने हो ? भन्दै प्रश्न गरे ।



    सांसद आलेले भने,‘ हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई १० दिनमा फाल्ने काम हुन्छ । हामीले १० दिनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने ? जनताले यही प्रश्न गरिरहेका छन् । चाहे त्यो भुटानी शरणार्थीको कुरा गरौँ, केही माछा त गए, प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै शुरु भएको छैन, अहिलेसम्म । त्यो फिल्म कहिले लाग्ने हो भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु ।’



    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भनेपनि अहिलेसम्म सुरु हुन नसकेको बताए ।

    उनले फिल्म कहिले लाग्ने हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले वाइडबडी प्रकरणलाई अघि बढाउन आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार